काठमाडौँ
काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसममा आज बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना समेत रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना रहेको छ । यद्यपी ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।





























प्रतिक्रिया