१२ विधेयक पारित गरी हिउँदे अधिवेशन समाप्त

१२ विधेयक पारित गरी हिउँदे अधिवेशन समाप्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रियसभाको चालु हिउँदे अधिवेशन आइतबारदेखि समाप्त भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए ।

बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारे जानकारी गराउँदै ८९ दिन बैठक बसेको र १२ विधेयक पारित भएको बताएका थिए ।

यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाइएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, ०७५ लाई प्रतिनिधिसभाबाट पारित भई आएको सन्देश बैठकसमक्ष जानकारी गराएका थिए ।
नयाँ पत्रिकाबाट

Logo