काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई तुरुन्त हतियार बुझाउन सुझाव दिएका छन् । हतियार नबुझाए कडा मुल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।
चालू अधिवेशन सकिनुअघि आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार नबुझएर समस्या उत्पन्न हुने भन्दै हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आउन सुझाव दिएका हुन् ।
‘हतियार बुझाउन समय दिइएको छ, यो समयभित्र हतियार बोकेर लुरुलुरु आए हुन्छ, हतियार बुझाए हुन्छ। यदि समय नबुझाए कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ। सरकारले भने अनुरुप हतियार बुझाएर संविधान र कानून अनुरुप छुट हुन्छ’ प्रधानमन्त्री ओलीले भने,’विकास निर्माणतर्फ अगाडि बढ्यौं अब विकास निर्माणमा बाधा पुर्याउने काम सह्य हुँदैन।’





























प्रतिक्रिया