फोरमको चिठी पाएपछि राजपा लचिलो

फोरमको चिठी पाएपछि राजपा लचिलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेका छन् ।

सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा. शिवजी यादवले बताउनुभयो । फोरमले अहिलेसम्म २ वटा चिठी पठाइसकेको छ भने राजपाले पहिलेको चिठीको जवाफ मात्र पठाएको डा. यादवको भनाइ छ ।

‘पहिलो कुरा एकता हो, एकता पछि मात्र सरकारमा रहने नरहने, भावी एजेण्डा के हुने भन्ने कुरा आउँछ’ यादवले थप्नुभयो– ‘जे भए पनि एउटा प्रक्रिया सुरु भयो ।’

फोरम महासचिव रामसहया प्रसाद यादवले पनि चिठी पठाएर एकताको लागि पहल भएको स्वीकार्दै औपचारिक छलफल हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँको बुझाईमा दुवै पार्टी एकताका लागि तयार भएको सन्देश गएको छ ।
नेपाल समाचारपत्रबाट

Logo