लगानी सम्मेलन: भारतीयभन्दा चिनिया बढी, अरु कुन देशबाट कति ? (भिडियोमा)

लगानी सम्मेलन: भारतीयभन्दा चिनिया बढी, अरु कुन देशबाट कति ? (भिडियोमा)


काठमाडौं । सरकारले आगामी चैत १५ र १६ गते राजधानीमा लगानी सम्मेलन गर्दैछ । वैदेशिक लगानी भित्र्याउने लक्ष्यसहित आयोजना गर्न लागेको सम्मेलनमा करिव एक हजार जनाले सहभागिता जनाउने लगानी बोर्डको अपेक्षा छ । लगानी सम्मेलनको लागि लगानी बोर्डले एउटा ‘स्पेशल टिम’ नै बनाएको छ ।

सम्मेलनमा ५० भन्दा बढी देशका कम्पनी तथा सरकारी अधिकारी सहभागी हुँदैछन् । सम्मेलनका ९ वटा सत्रमा लगानी सम्भावनाबारे छलफल हुने बोर्डले जनाएको छ ।

सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हर्टविग हफर, पूर्वाधार निर्माण गर्ने कम्पनी मेनहार्ट्ड ग्रुपका कार्यकारी अध्यक्ष साहजाद नसिमस, म्यानमारका लगानी तथा विदेश अर्थ मामिलामन्त्री यु थान तुन, फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जेन ब्याप्टिस्ट ल्यामोन छलफलमा सहभागी हुने भएका छन् ।

नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, पद्म ज्योति र प्रदीपकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतो माइक्रोसफ्टकी एसिया प्रशान्त प्रबन्ध निर्देशक सोनिया बासिर कविर, सुमिटोमोका महाप्रबन्धक महाहिरो मियासिटो र अमेजन इन्टरनेट सर्भिसका चन्द्र बलामी लगायतले प्रस्तुती दिनेछन् ।

सरकारले लगानीकर्ताका लागि साढे ३० खर्बका ६३ आयोजना तयार पारेका छन् । जसमा सरकारी ४६ र निजी क्षेत्रका १७ वटा आयोजना रहेका छन् । सरकारी स्वामित्वमा रहेका ४६ वटा आयोजनाको लागत २८ खर्ब ४२ अर्ब १० करोड ८९ लाख २० हजार रुपैयाँ छ ।

Logo