कांग्रेसको आक्रोशदेखि फूलैफूलको संसारसम्म

कांग्रेसको आक्रोशदेखि फूलैफूलको संसारसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

पूर्वपत्नी सरकारमा, पूर्वपति हिरासतमा

प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तेस्रो क्रमका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जनालाई पक्राउ गर्यो।पक्राउ पर्नेहरुमध्ये एक हुन् शंकर अधिकारी। जो खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति हुन् । तत्कालीन एकीकृत नेकपा माओवादी फुट्दा मोहन वैद्य र विप्लवसँगै शंकर अधिकारी पनि नेकपा माओवादीबाट नेकपा – माओवादीमा गएका थिए। पछि नेकपा-माओवादी पनि टुक्रियो र विप्लवले नेपाल कम्युनिस्ट पार्टी गठन गरे। अधिकारी पनि विप्लवसँग गए ।

विप्लव माओवादीका नेता ओलीसहित नौ जना पक्राउ

प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ जना नेता कार्यकर्तालाई आज बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कारपियो गाडीमा ओलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरुलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा पक्राउ गरेको हो ।

काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ- शेखर कोइराला

नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताएका छन् । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताए ।

एसइई परीक्षामा कुन प्रदेशबाट कति परीक्षार्थी ?

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

दाजु बहिनी नै दृष्टिविहीन, डोको बुनेर जिविका

गलेश्वरको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका जन्मजात दृष्टिविहीन खिमप्रसाद छन्त्यालको जीवन अत्यन्त कष्टकर रुपमा बितिरहेको छ । जन्मदै आँखाको दृष्टि गुमाएका छन्त्यालले जन्मेपछि सानै उमेरमा बुबाआमा पनि गुमाए । बाबुआमाको मृत्युपछि रोजगारीको खोजीमा भारत पसेका दाजु पनि उतै बेपत्ता भए । एउटी बहिनी पनि दृष्टिविहीन । दिदीले गाउँकै युवकसँग विवाह गरेपछि घरमा दुई दृष्टिविहीन दाजु बहिनी मात्र रहे । समयसँगै निकै परिवर्तन भए । कति शिशिर आए गए । तर, खिमप्रसादको जीवनमा कहिल्यै वसन्त आएन । खुशीको स्वााद कस्तो हुन्छ छन्त्यालले कहिल्यै अनुभव गर्न पाएन ।

ऊर्जामन्त्रीद्वारा माथिल्लो तामाकोशीको निरीक्षण, भौतिक प्रगति कति ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिएका छन् ।

विप्लव नेकपाको कब्जामा सुमार्गीको २५ रोपनी जग्गा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पोखरा महानगरपालिका शिशुवामा अजयराज सुमार्गीको नाममा रहेको २५ रोपनी जग्गा कब्जा गरेको छ । सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लिले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६, २८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा नेकपाले कब्जा गरेको नेकपा निकट इ-रातोखबर अनलाइनले जनाएको छ ।

भृकुटीमण्डपमा फूलैफूलको संसार (फोटोफिचर)

काभ्रेको मण्डनदेउपुरमा एक किशोरीको सामूहिक बलात्कार : घटनामा संलग्न ३ जना पक्राउ

“समय आए नेतृत्व लिन तयार छु”, नेता पौडेल

ललितपुरको गर्ल्स होस्टलमा बिद्यार्थीको शंकास्पद मृत्यु

कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्छ- देउवा

भृकुटीमण्डपमा जारी पुस्तक मेलामा विशेष छुट

पर्यटन ब्यवसायी र बैंकको शाखा प्रमुख पक्राउ

हाकिमलाई घृणा गर्नेलाई ‘हर्ट अट्याक’ !

जीवनभर माफी नमिल्ने १२ महापाप

पूर्व राष्ट्रपतिलाई २१ वर्षको जेल सजाय

बस दुर्घटनामा ६० जनाको मृत्यु , २८ घाइते

आईपीएल: आज धोनी र कोहली भिड्दै

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo