फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला चलिरहेको छ। कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले शुक्रबार एक कार्यक्रमबीच २२ औं पुष्प मेलाको उद्घाटन गरेकी थिइन् ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन् । आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । ३ दिनसम्म चल्ने मेलामा करिब ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् फोटोफिचर








फोटो: ज्ञानमणि कालोटोपी/केन्द्रबिन्दु





























प्रतिक्रिया