पर्यटन ब्यवसायी र बैंकको शाखा प्रमुख पक्राउ

पर्यटन ब्यवसायी र बैंकको शाखा प्रमुख पक्राउ

केन्द्रबिन्दु
0
Shares

पर्यटन ब्यवसायी तथा पोखरा उपत्यका नगर बिकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र एनआईसी एसिया बैंक प्रस्याङ शाखाका शाखा प्रमुख सुवास सुबेदी पक्राउमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठलाई बालिका बलत्कार आरोपमा र सुबेदीलाई यौन दुब्यवहारको आरोपमा पक्राउ गरेको हो । कक्षा आठमा अध्ययनरत १६ बर्षीया किशोरीलाई बलत्कार तथा यौन दुब्यवहार गरेको आरोपमा शुक्रबार बेलुका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको छिमेकीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी बालिकालाई श्रेष्ठले पटक पटक बलत्कार गर्ने गरेको र सुबेदीले यौन दुब्यवहार गर्दै आएको बताइएको छ ।

चैत्र ७ गते किशोरी आफु बस्ने घरबाट भागेपछि उनका आफन्तले उनको खोजी गर्दा उनी साथीको घरमा लुकेको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि बलात्कारको रहस्य खुलेको हो । आरोपीत श्रेष्ठ र सुबेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

Logo