तीन हजारको लागि योजना बनाएरै हत्या !

तीन हजारको लागि योजना बनाएरै हत्या !

केन्द्रबिन्दु
0
Shares

धनगढी

चैत २ गते गोदावरी नगरपालिका ४ राजमार्गबाट खैरानी जाने सडकखण्डमा टाउकोमा चोट लागेको अवस्थामा एक अधबैसें पुरुषको शव फेला पर्यो । दुर्घटनामा परेको हो वा हत्या एकिन गर्न नमिल्ने त्यो शव बैतडी दशरथ चन्द नगरपालिका वडा नं. २ का ४५ बर्षीय हर्क बहादुर भण्डारीको थियो ।

उनीसँग भएको पैसा लुट्नका लागि योजना बनाएर कञ्चनपुर लालझाडी गाउँपालिका २ चान्देउ शिविर बस्ने २४ बर्षीय पुन्टु भाट र कैलाली गोदावरी नगरपालिका ६ लालपुर बस्ने २३ बर्षीय गोविन्द आउजीले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

योजना बनाएर उनको हत्या गरेको दुवै जनाले स्वीकारेको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिमिस्नाले बताएका छन् । दुवै जनालाई प्रहरीले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । ‘उनीसँग भएको ३ हजार रुपैयाँ लुट्नको लागि दुई जना मिलेर हत्या गरेको खुलेको छ’, उनले भने ।

दुर्घटना भएको देखाउन करिब १ सय ४४ फिट तानेर सडकमा शव फालेको उनीहरुले बयान दिएको प्रहरीले बताएको छ । ‘सडक खण्डमा कुनै गाडीले ठक्कर दिएर वा दुर्घटना भएर मृत्यु भएको देखाउन उनीहरुले सडकको बिचमा ल्याएर फालेका थिए ।
नागरिकबाट

Logo