धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ भ्वाङ : बीपी राजमार्गको बिजोग

धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ भ्वाङ : बीपी राजमार्गको बिजोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालका पूर्वी जिल्लालाई काठमाडौंसँग जोड्ने बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास) को अवस्था दिन प्रतिदिन दयनीय हुँदै गएको छ ।

पूर्वी जिल्लाहरूलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीकोे मार्गका रूपमा रहेको सो सडक ठूला सवारी र गिट्टी–बालुवा बोक्ने टिपरका कारण दयनीय हुँदै गएको हो । कुल १ सय ६० किलोमिटर लम्बाइ रहेको यो राजमार्गलाई नमुना मार्गका रूपमा समेत लिइँदै आइएको छ । यही नमुना राजमार्गमा धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ वटा भ्वाङ छन् ।

केही दिन अघि गरिएको निगरानीका क्रममा सो सडकमा धुलिखेल हुँदै बर्दिबाससम्म साना ठूला गरी २ सय ६४ भ्वाङ फेला पारेको हो । सो सडकखण्डलाई १० भागमा बाँडेर सडकको वर्तमान अवस्थाको स्थलगत निगरानी गरिएको हो ।

निगरानीका क्रममा सडकमा उप्किएका पिचलाई पुर्न पहेंलो माटो प्रयोग गरिएको पाइएको छ । मसिनो गरी पेलिएको माटो प्रयोगले सडकको भ्वाङ छोपिए पनि सवारी चालक र यात्रुहरूले भने धुलोका कारण यात्रा गर्दा हैरानी बेहोर्दै आएका छन् । जुन सडक दुर्घटनाका कारणसमेत बन्न सक्ने देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले २०१६ सालमा सो राजमार्ग निर्माणका लागि जापान सरकारसँग गरेको प्रस्तावले २०७१ सालमा मूर्त रूप लिएपछि सो मार्ग सञ्चालनमा आएको थियो । जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो मार्गको निर्माण कार्य सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सो मार्गको निर्माण लागत करिब २५ अर्ब जापानी येन रहेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । सडक निर्माण कार्य सन् १९९५ देखि सुरु भएको थियो ।
राजधानीबाट

Logo