कतै तपाई मधुमेह रोगबाट ग्रसित त हुनुहुन्न ? (भिडियोसहित)

कतै तपाई मधुमेह रोगबाट ग्रसित त हुनुहुन्न ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । के तपाई मधुमेहबाट ग्रसित त हुनुहुन्न ? हो भने ख्याल गर्नुहोस् । अस्तव्यस्त जीवनशैलीका कारण मधुमेहको बिरामी दर एकदमै रफ्तारमा बढिरहेको छ । पहिले पाको उमेरका मानिसहरुलाई मात्र मधुमेह हुन्थ्यो । अचेल युवाहरु पनि यो रोगको चपेटामा पर्न थालेका छन् ।

यो एक यस्तो खतरनाक रोग हो, जसले शरिरको सबै अंगलाई प्रभावित पारिदिन्छ । बिस्तारै शरिरको महत्वपुर्ण अंगहरुमा असर पार्छ । एक पटक यो रोग लागेपछि निको हुँदैन् ।

यो रोगलाई वेवास्ता गरेमा शरिरका अंगहरु निष्क्रिय हुँदै जान्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वमा करिब २२ करोड मानिस मधुमेहबाट पिडित छन् । यो रोगीको संख्या सन् २०३० सम्ममा दोब्बर हुनेछ । नेपालमा मात्रै १ लाख मानिसहरु यो रोगबाट ग्रसित छन् । झन्डै ४० लाख नेपाली यो रोगको जोखिममा रहेका छन् ।

मधुमेहलाई चिनी रोग पनि भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढ्नुलाई मधुमेह भनिन्छ । रगतमा ग्लुकोजको मात्रा बढेपछि इन्सुलिनले सही तरिकाले काम गर्दैन । पुर्णरुपमा वा आंशिक रुपमा इन्सुलिनको कमि भई रगतमा सुगरको मात्रा बढी हुनु भन्ने बुझिन्छ ।

हाम्रो शरिरको प्यान्क्रियाज ग्रन्थिले ठिकसँग काम नगर्नाले मधुमेह हुन्छ । मधुमेह हुने धेरै कारक तत्व छन् तर प्यान्क्रियाज ग्रन्थि यसको मुख्य कारण हो ।

Logo