केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

भूकम्पको धक्कादेखि सीके राउतको उद्घोषसम्म

भूकम्पको धक्कादेखि सीके राउतको उद्घोषसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

बाबुरामको बिज्ञप्ति: रेशमलाई रिहाईको माग, विप्लव प्रतिबन्धको बिरोध

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले पुरानै नियत र नियतिको सामान्य निरन्तरता मात्रै दिएको बताएका छन्। नयाँ शक्ति पार्टी, नेपाल संघीय सचिवालयको बैठकका निर्णय सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दै संयोजक डा. भट्टराईले वर्तमान सरकार पनि विगतका सरकारको निरन्तरता नै बनेको आरोप लगाएका हुन् । प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने, ठूला परियोजना विना प्रतिस्पर्धा प्रधानमन्त्रीले सिधै सम्झौता गर्न सक्ने जस्ता प्रावधान राखेर विधेयक मस्यौदा भइरहेकोमा आपत्ती जनाएका छन्।

सीके राउतको पार्टीको नाम जनमत पार्टी, झण्डा अष्टदल (विज्ञप्तिसहित)

सीके राउत नेतृत्वको स्वगतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषदको बैठकले जनमत पार्टी खोल्नेलगायतका निर्णय गरेको छ । बैठकले पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्का (स्ट्रिप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय पनि गरेको छ । बैठकले डा. सीके राउतलाई राष्ट्रिय अध्यक्ष बनाउने सहितको विभिन्न निर्णय भएको छ । सरकारसँग भएको ११ बुंदे सम्झौतालाई ऐतिहासिक उपलब्धि भएको घोषणा गरिएको छ ।

चीनबाट आउने रेलको अध्ययनका लागि मात्रै १७ अर्ब बजेट माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि भिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताए ।

माथिल्लो तामाकोशीको भौतिक प्रगति ९८ प्रतिशत

शेयर बजार फेरि घट्न थाल्यो

काठमाडौँमा भूकम्पको धक्का

पाकिस्तानी चेली आम्नाले पाईन् एक महिनामै नेपाली नागरिकता

कांग्रेस पार्टी कार्यालयमा नेविसंघल दियो धर्ना

पोखराका दुई प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक

२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

डिस्चार्ज भईन् पूर्व मुमा बडामहारानी, ‘रिसिभ’ गर्न पुगे पारस

कार्यकर्तालाई सीके राउतको जवाफ, ‘जनमत संग्रह गर्ने भनिएको छैन’

विप्लव समूह छोडेर नेकपामा प्रवेश, हतियारले विनाशको बाटो लैजाने दाबी

आजदेखि ३ दिनसम्म पहाडी क्षेत्रमा वर्षाको सम्भावना

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

होली खेल्दा ध्यान दिनुपर्ने १९ कुरा

महिलाको कुन कुन अंगमा पर्छ पुरुषको कर्के नजर ?

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo