पोखराका दुई प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक

पोखराका दुई प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखराका दुई प्याराग्लाइडिङ कम्पनी बन्द गरिएको छ । पोखरा महानगरपालिकाले दर्ता तथा नवीकरण हुन अटेरी गरेका दुई प्याराग्लाइडिङ कम्पनीलाई सोमबारदेखि उडानमा रोक लगाएको हो । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई उडानमा रोक लगाइएको हो ।

उनीहरुलाई महानगरले पटकपटक म्याद दिएर दर्ता हुन समय दिँदा पनि उपस्थित नभएपछि उडान बन्द गर्नु परेको महानगर राजश्व शाखाका आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायले जानकारी दिए ।

पोखरा महानगरमा सोमबारसम्म ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएका छन् । महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो ।

थोरै कम्पनीलेमात्रै व्यवसाय दर्ता गरेको भन्दै महानगरले पुन २६ गतेसम्म फेरि समय दिएको थियो । उक्त समयावधिमा जम्मा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेका थिए । त्यसपश्चात महानगरमै उपस्थित भएर व्यवसायीले पुनः समय थप्न माग गरेपछि फागुन २६ गतेसम्मको समय सम्मका लागि समय दिएको थियो ।

Logo