काठमाडौं । पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह १३ दिनपछि डिस्चार्ज भएकी छन् । स्वास्थ्य अवस्था सुधार आएपछि सोमबार नर्भिक अस्पतालले डिस्चार्ज गरेको हो ।
उनमा खोकी लाग्ने, कफ आउन गाह्रो हुने तथा पालतो दिशा आउने तथा पिसाब कम हुने समस्या देखिएपछि उनलाई गत फागुन २१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
डिस्चार्जका क्रममा पूर्वरानी कोमल शाह र पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले मधेश यात्रामा छन्। अस्पताल भर्ना गरिएपछि देश दौडाहमा रहेका पूवराजा ज्ञानेन्द्र काठमाडौं फर्किएका थिए । उनलाई भेटेर ज्ञानेन्द्र फेरि मधेश यात्रामा निस्किएका हुन् ।
पूर्व मुमा बडामहारानीको स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्र पुगे नर्भिक (भिडियोमा)
पूर्व मुमाबडामहारानी रत्न नर्भिक अस्पताल भर्ना





























प्रतिक्रिया