राष्ट्रपति भण्डारीलाई विशेष महत्व दिंदै चीन

राष्ट्रपति भण्डारीलाई विशेष महत्व दिंदै चीन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चीनले महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ । चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो ।

अघिल्ला राष्ट्रपति डा. रामबरण यादवले दुईपटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन । चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपतिलाई उच्च प्राथमिकता राखेर भ्रमणलाई दुईपक्षीय बनाउने भएको छ । त्यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा भएका सहमतिलाई कार्यावन्यनमा लैजाने छुट्टै समझदारीसमेत हुनेछ ।

राष्ट्रपतिको भ्रमणमा चीनले विकसित मुलुकका राष्ट्र प्रमुखलाई सरह महत्व र सम्मान दिने तयारी गरेको छ । यसअघि परिवहन तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिइसकेको भएपनि राष्ट्रपतिको भ्रमणपछि कार्यावन्यनमा ल्याउने गरि प्रक्रिया अघि बढेको छ । राष्ट्रपतिको चीन भ्रमणलाई दुईपक्षीय औपचारिक बनाउँने र सम्मेलनमा समकक्षी सी जिन फिङसँगै उपस्थित गराइने तयारी बेइजिङको छ ।

नेपालले यसपटकको राष्ट्रपति भ्रमणमा चीनलाई नाका जोड्ने स्थानलाई ब्यवस्थित गरिदिने र रेलमार्गमा अनुदान सहयोग गर्न आग्रह गर्ने तयारी छ । कूटनीति स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई ग्रेटहलमा स्वागत गरिनेछ ।

चिनियाँ राजदूत होउ याङ्छीले राष्ट्रपति भण्डारीलाई भेटेर भ्रमणको तयारीमा चीन लागिसकेको जानकारी गराइसकेको स्रोतले बतायो । भ्रमणका क्रममा तातोपानी नाका खुला गरेको सांकेतिक रुपमा संयुक्त ‘स्विच अन’ गर्ने विषयमा छलफल भइरहेको छ । भुकम्पपछि उक्त नाका बन्द छ ।

त्यहाँ सामान ल्याउने लैजाने गरि भेहिकल आवागमन वैशाखदेखि आरम्भ गर्ने तयारी छ । दुवै तर्फ भौतिक पूर्वाधार बनाउने कार्य भइरहेको छ। चीनको सहयोगमा नयाँ पुल निर्माण पनि अघि बढेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo