खुला दूध बेच्‍न नपाइने, प्याकेजमा लेबल अनिवार्य

खुला दूध बेच्‍न नपाइने, प्याकेजमा लेबल अनिवार्य

केन्द्रबिन्दु
0
Shares

तानसेन

दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका अनुसार चैत ४ गतेदेखि प्याकेजिङ नगरिएको दूध बिक्री गर्न पाइने छैन। दुग्धजन्य पदार्थ बिक्रीका लागि प्याकेजमा लेबल अनिवार्य गरिएको छ। लेबलमा उद्योगको नाम, उत्पादन र उपभोग गर्न सकिने मिति, दूधमा रहेको चिल्लो पदार्थ स्पष्ट खुलाउनु पर्नेछ ।

तर, सरकारले जारी गरेको निर्देशिका कार्यान्वयनमा आउने सम्भावना छैन। डेरी व्यवसाय चलाउँदै आएका व्यवसायीले निर्देशिकाको कडा विरोध गर्दै कार्यान्वयन गर्न नसकिने बताएका छन्। साना व्यवसायीले ठूला डेरी उद्योग पोस्ने नीति आएको भन्दै त्यसको कार्यान्वयन नगरिने चेतावनीसमेत दिएका छन्। प्रदेश ५ का कुनै पनि जिल्लामा प्याकेजिङ दूध उत्पादन गर्ने नयाँ उद्योग खुलेका छैनन्। जसकारण चैत ४ गतेपछि पनि खुला दूध नै बिक्री हुनेछ।

‘यो निर्देशिका आम किसान र साना व्यवसायीको हितमा छैन, रूपन्देहीका दुग्ध व्यवसायी गणेशदेव भण्डारीले भने, ‘यो निर्देशिका हतारमा लागू गर्ने विषय होइन ।’ निर्देशिकाले ‘मिल्क होलिडे’ को समस्या निम्त्याउने उनको भनाइ छ। उपभोक्ताले प्याकेजिङभन्दा खुला दूधको उपभोग गर्दै आएका छन् । रूपन्देहीमा उत्पादन हुने ३८ हजार मेट्रिकटन दूधमध्ये ५० प्रतिशत खुला रूपमा डेरीबाटै बिक्री हुँदै आएको छ ।

अन्नपूर्णबाट

 

Logo