राजविराज
केही समययता सप्तरीमा आत्महत्याका घटना ह्वात्तै बढेका छन् । एकपछि अर्को आत्महत्याका घटनाले स्थानीय समाजमा चिन्तासमेत बढाएको छ । अघिल्लो दिन बुधबार मात्र जिल्लाको राजविराज नगरपालिकामा अध्ययनका लागि डेरा लिई बस्दै आएका तिरुहुत गाउँपालिका–५ का १७ वर्षीय गौतम यादवले आत्महत्या गरेका थिए ।
त्यसको एक घण्टा नबित्दै कञ्चनरूप नगरपालिका–५ की २५ वर्षीया कल्पना चौधरीले पनि आफ्नै घरपछाडिको आँपको रूखमा साडीको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
उक्त दुवै घटना सेलाउन नपाउँदै बिहीबार राजविराज नगरपालिका–७ बस्ने ४५ वर्षीय रामदयाल साहले आत्महत्या गरेका छन् । आफ्नै घरमा पंखा लगाउने प्रयोजनका लागि जडान गरिएको फलामे रडमा साडी बाँधेर साहले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भावेश रिमालले बताए ।
राति खाना खाएर सुतेका उनी बिहीबार बिहान झुन्डिएर मृत अवस्थामा फेला परेपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुचुल्का उठाई साहको शव पोस्टमार्टमका लागि स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याएको छ ।
योसँगै फागुन महिनाको ३० दिने अवधिमा आत्महत्या गर्नेको संख्या १० पुगेको प्रहरीले जनाएको छ । डीएसपी रिमालका अनुसार यस अवधिमा झुन्डिएर सात र विष सेवनबाट तीन गरी १० जनाको ज्यान गइसकेको छ ।
राजधानीबाट





























प्रतिक्रिया