काठमाडौँ
उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको छ । सरकारले तयार पारेको सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रुपमा रोक लगाउन सक्ने प्रावधान समेटिएको छ ।
विश्वका धेरै मुलुकले आफ्ना उत्पादन संरक्षण गर्न यस्तो कानुन बनाएर लागु गरेका छन् । नेपालले भने पहिलो पटक यस्तो कानुन बनाउन लागेको हो । सरकारले यो विधेयक संघीय संसदमा दर्ता गराएको छ । निजी क्षेत्रले पहिलेदेखि माग गरेको यो कानुनले स्वदेशी उद्योगको संरक्षण गर्न सहयोग पुर्याउँछ ।
विभिन्न मुलुकले स्वदेशी उत्पादनलाई बढावा दिँदै आयात घटाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन यस्तो कानुन प्रयोग गर्दै आएका छन् । निजी क्षेत्रले यस्तो कानुन ल्याएर स्वदेशी उद्योगको संरक्षण गर्न सरकारलाई समय समयमा दबाब दिए पनि सुनुवाइ भएको थिएन । चालु आवको ७ महिनामा ७ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भइसकेको छ । यस अवधिमा ८ खर्ब ३३ अर्बका सामान आयात गर्दा ५३ अर्ब रुपैयाँको सामान मात्र हामीले पठाउन सकेका छौं । उच्च दरको आयात रोक्न यो कानुनले सहयोग पुग्ने सरकारी र निजी क्षेत्र दुवैको अपेक्षा छ ।
नागरिकबाट





























प्रतिक्रिया