छुवाछुत अन्त्यका लागि करिव १३ सय किलोमिटर पदयात्रा हुने

छुवाछुत अन्त्यका लागि करिव १३ सय किलोमिटर पदयात्रा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

जातीय छुवाछुतविरुद्ध आवाज उठाउने सामाजिक अभियान्ता अशोक दर्नाल र होमराज आर्चायले महाकालीदेखि मेचीसम्म १३ सय २१ किलोमिटर पदयात्रा गर्ने भएका छन् । उनीहरुले चैत २ गतेदेखि पदयात्रा सुरु गरी ४५ दिनभित्र ६२ जिल्ला पुग्ने लक्ष्य लिएका छन् ।

पदयात्रीहरुले ‘नेपाल पदयात्रा २०७५’ एउटा जातीय विभेद तथा छुवाछुत व्यवहारिक रुपमा आममानिसलाई उत्प्रेरित गर्ने उद्देश्यले यात्रा गर्न लागेको बताएका छन् । महेन्द्रराजमार्गलाई केन्द्र बनाएर यात्रा हुने उनीहरुले जानकारी गराएका हुन् ।

पदयात्राका क्रममा दर्नाल र आर्चायले करिब चार सय जातीय विभेद र छुवाछुतको वर्तामान अवस्था तथा प्रभावको विषयमा अन्तरक्रिया गर्ने छन् । अन्तरक्रिया कार्यक्रम कलेज, स्थानीय निकाय तथा जनप्रतिनिधि, स्थानिय वासिन्दा र सरोकारवालहरुसँग हुने जानकारी गराएका छन् । उनीहरुले पदयात्राका क्रममा सबै प्रकारका विभेद र छुवाछुत अन्त्य सम्बन्धि योजना कार्यान्वयनका लागि स्थानीयहरुलाई अपिल गरिने बताए ।

पदयात्रीहरुले अभियानको पूर्व तयारीमा विगत ३ महिनादेखि दैनिक ४ देखि ६ घन्टा हिड्दै आएका छन् । उनीहरुले स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य अवस्था सामान्य रहेको प्रमाणपत्र लिइसकेका छन् । अभियान्ताहरुले पदयात्राको क्रममा बाँके जिल्ला अस्पताल, लुम्बिनी अञ्चल अस्पताल बुटवल, हेटौँडा र बिराटनगरका अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने छन् ।
नयाँ पत्रिकाबाट

Logo