निजी क्षेत्रसित सहकार्यलाई प्राथमिकताः नगर प्रमुख विष्ट

निजी क्षेत्रसित सहकार्यलाई प्राथमिकताः नगर प्रमुख विष्ट

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले समृद्ध नगर बनाउन निजी क्षेत्रसित सहकार्यलाई पहिलो प्राथमिकता दिएको बताएका छन् ।

खुला मञ्चमा आयोजना गरिएको १२ औं सुदूरपश्चिमाञ्च स्तरीय औद्योगिक तथा व्यापारिक मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन कार्यक्रममा नगर प्रमुख विष्टले कर संकलन, विकास निर्माण, औद्योगिक विकास लगायतका विषयमा निजी क्षेत्रसित सहकार्य र साझेदारी गरी जाने विषयलाई प्राथमिकता दिएको बताए ।

‘भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने नारा बनाउने लक्ष्य र उद्देश्यका साथ अघि बढेका छौ, त्यसका लागि सबै क्षेत्रको साथ र सहयोग पाएका छौ’ उनले भने, ‘कञ्चनपुर उद्योग बाणिज्य संघसित विगतमा सहकार्य र साझेदारी भएको छ, त्यसलाई निरन्तरता दिएर प्राथमिकता दिएका छौ, निजी क्षेत्रसित सहकार्य गरी समृद्ध नगर बनाउन चाहन्छौ ।’

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने योजना साथ कार्य गरिएको उल्लेख गर्दै डेढ वर्षे कार्यकालमा ऐतिहासिक कार्य भएको बताए ।

जैविक मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, महाकाली नदीमा साहसिक जलयात्राको सफल परीक्षण, ब्रह्मदेब झिलमिला केबुलकार सम्भाव्यता अध्ययन, जैविक मार्ग र शुक्लाफाँटा पर्यटन मार्ग जोडेर बाहिरी चक्रपथ निर्माण कार्य सुरु, बाराकुण्डामा ताल पुनःभरण, एक किलोमिटर भन्दा बढी सडक कालोपत्रे, झिलमिलासम्म सडक निर्माण लगायतका विकास निर्माणका कार्य गरिएको नगर प्रमुख विष्टले बताए ।

मेला आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लको सभापतित्वमा गरिएको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल प्रमुख अतिथि रहेका थिए ।

Skip This
Skip This
Logo