काठमाडौँ
नेपालको गाईपालन क्षेत्रमा प्रवेश गरेको चिनियाँ मेगा परियोजनाको मुलुकभित्र चर्को विरोध भएको छ । नेपालमा ‘डेरीको विकास मार्फत ग्रामीण गरिबी निवारण’ परियोजना भित्रिएको छ । परियोजना कार्यान्वयनमा आए स्वदेशी किसानको आयस्रोतको बाटो बन्द हुने भन्दै विभिन्न क्षेत्रबाट विरोध हुन थालेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी केन्द्रीय दुग्ध सहकारी संघले परियोजना कुनै पनि सर्तमा प्रवेश गर्न दिन नहुने धारणा प्रस्ट पारेको छ । संघले चिनियाँ लगानीको गाईको प्रवेश, कृषिको प्राथमिक तहमा वैदेशिक लगानी र बहुराष्ट्रिय कम्पनीको प्रवेशका विषयलाई तत्कालै सुधार नगरे देशभरका दुग्ध किसान र दुग्ध सहकारी सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ । संघका अध्यक्ष नारायण देवकोटाले ठूलो आर्थिक चलखेलका आधारमा प्रदेश सरकारले मिलोमतो गरी नेपाली किसानको आयस्रोत खोस्न यो परियोजना भित्र्याइएको दाबी गरे ।
चिनियाँ सरकार स्वामित्वको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठान (केम्स) र केम्सको भातृ संगठन चिनियाँ सीएमसी इन्जिनियरिङको सहकार्यमा प्रादेशिक सरकारको प्रत्यक्ष संलग्नतामा ३२ अर्ब रुपैयाँ बराबरको यो परियोजना नेपालमा भित्रिएको हो । परियोजना अन्तर्गत चीनबाट उन्नत जातको बाच्छी ल्याएर नेपालमा उन्नत जातको वीर्य उत्पादन गर्ने र थप बाच्छी जन्माएर दूध उत्पादन गरी यो क्षेत्रमा ‘कायापलट’ गर्ने दाबी गरिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया