पहिलो पटक यस्तो अवतारमा देखिए सीके राउतका सुरक्षा गार्ड

पहिलो पटक यस्तो अवतारमा देखिए सीके राउतका सुरक्षा गार्ड

केन्द्रबिन्दु
0
Shares

जनकपुर । पहिलो पटक स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतका सुरक्षा गार्ड देखिएका छन् । राउतलाई सुरक्षा दिन पहिलो पटक सुरक्षा गार्ड पहिलोपल्ट जनकपुर विमानस्थलमा देखिएका हुन् ।

सरकारसँग ११ बुँदे सहमति भएपछि जनकपुर जाने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षाका लागि सुरक्षा गार्ड विमानस्थल पुगेका थिए ।

यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका सुरक्षा गार्ड पहिलोपल्ट विमानस्थलमा देखिएका हुन् । विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड आएका थिए ।

सुरक्षा गार्डहरूले प्रहरीजस्तै बुलेट प्रूफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठबन्धनको झण्डा बाँधेको, मास्कले मुख छोपेको, आँखामा चश्मा लगाएका थिए ।

Skip This
Skip This
Logo