नेपाली कांग्रेसका नेता एवं सांसद् अमरेशकुमार सिंहले दोस्रो विवाह गरेका छन् ।
सिंहले लक्ष्मी जोशीसँग शनिबार (आज) बंगलामुखी मन्दिरमा विवाह गरेका हुन् । जोशी त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक हुन्।
सिंह र जोशी दुबैजना विवाहित हुन् । सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंहले यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए । पछि उनको २०६७ सालमा डिभोर्स भएको थियो । भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको भने पहिलो विवाह महेन्द्रनगरमा भएको थियो ।





























प्रतिक्रिया