औषधिमा विदेशी बजारको रजाइँ, आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल

औषधिमा विदेशी बजारको रजाइँ, आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले नेपाली औषधि उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न सरकार चुकेको छ ।

नेपालमै उत्पादन हुने ३० प्रकृतिका औषधि विदेशबाट ल्याउन सरकारले प्रतिबन्ध लगाएको थियो । तर आफ्नै निर्णय कार्यान्वयनमा सरकार असफल भएपछि नेपालमा विदेशी औषधीको रजाइँ बढेको पाइएको छ ।

सरकारले ०७४ जेठमा ३० प्रकृतिका औषधिका लागि कच्चा पदार्थ मात्रै ल्याउने र ती औषधि विदेशबाट आयात गर्न नपाइने गरी निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि कार्यतालिकासहित स्वास्थ्य मन्त्रालयमा पेस गरिएको थियो ।

मन्त्रालयबाट ०७४ जेठमा नै कार्यतालिका बमोजिम औषधि व्यवस्था विभागमा पत्र पठाए पनि झन्डै दुई वर्ष बितिसक्दा पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

जसकारण अझै भारत, बंगालदेश, चीन, बेल्जियम लगायतबाट नेपालमै उत्पादन भई आत्मनिर्भर भएका औषधिसमेत आइरहेका छन् ।स्रोतका अनुसार सरकारका उच्च अधिकारी विदेशी औषधि आयातकर्ताको दबाबमा निर्णय कार्यान्वयमा आलटाल गरिरहेका छन् ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार सरकारी बेवास्ताका कारण ३० प्रकृतिका औषधि निर्वाध रूपमा विदेशबाट भित्रिरहेका छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo