कहिलेकाही हामीलाई केहि कुराहरुले अचम्मित बनाइदिने गर्छ । आजको समयमा आएर पनि रीतिरिवाज, जातभात, धनी गरिब, चालचलन र प्रथामा हामी विश्वास गर्ने गर्छौ । यस्ता घटनाहरु हामी आजको युगमा आएर बिरलै मात्र सुन्न पाउँछौ ।
जो कोहिले पनि पाँच पाण्डवकी एक मात्र श्रीमती द्रौपदीको बारेमा थाहा नै होला । पाण्डु पुत्र अर्जुनले आफ्नो शक्ती बाण कौशलद्धारा बाजी मारेर द्रौपदीलाई प्राप्त गरेका थिए ।
घरमा भएकी आमालाई हामीले तपाईलाई के ल्याइदिएका छौँ भनि हेर्न आग्रह गर्दा आमा कुन्तीले भित्रैबाट ५ भाई नै बाँडेर लिनु भन्ने आदेशमा आमाको सर्त टार्न नसक्दा द्रौपदी पाँच पाण्डवकै पत्नी भएर बस्नु परेको कुरा पुराणहरुमा उल्लेख छ । तर अहिलको समयमा पनि पाँच भाईकी एक श्रीमती भन्ने खबर सुन्दा को अचम्ममा नपर्ला र ? हो आज हामी त्यहि कुराको बारेमा तपाईलाई जानकारी दिँदैछौँ ।
भारतको एक परिवारमा पनि द्धापर युगका पाँच पाण्डकी एक पत्नी द्रौपदी जस्तै पाँच भाईकै एक श्रीमती रहेका छन् । भारतको उत्तराखण्डमा रजो नामकी एक महिलाले एकै परिवारका पाँच भाईसँग नै विवाह गरेकी छिन् । ति महिलाको अहिलेसम्म एक सन्तान छ ।
उत्तराखण्डको त्यस स्थानमा स्त्रीहरु कम पाउने गरेको बताइन्छ । साथै उक्त समस्याको कारण पुरुषहरु कुमारै बस्नु परेको खबरहरु बाहिर आईराख्छन् । त्यसैले गर्दा नै ति महिलाले परिवारका पाँचै भाईसँग विवाह गरिदिएका हुन् ।

सुनिता देवी नाम गरेकी ति महिलाका पाँच वटा श्रीमानहरु शान्तराम, बिज्जु, गोपाल, गुड्डु र दिनेश रहेका छन् । गुड्डु बर्मा सुनिताकी पहिलो तथा आधिकारीक श्रीमान हुन् । अन्य चार भाईहरुले पनि पछि सुनितालाई नै श्रीमती मान्दै आएका हुन् ।
पाँच जनासँग बस्दा उनलाई खासै असहज नहुने उनी बताउँछिन् । पाँच जनाले नै उनलाई बराबर माया गर्ने गरेको पनि उनको दाबी छ । परिवारमा सबैजना खुसिसाथ काम गर्ने गर्छन् भने खुसिको लागि उनका पतिहरु जे काम गर्नपनि मञ्जुर रहेको उनी बताउँछिन् ।

त्यस क्षेत्रमा स्त्रीहरुको कमीले गर्दा त्यस्तो गर्न बाध्य भएका व्यक्तिहरु धेरै रहेको उनी बताउँछिन् । ति महिलाले पाँचै श्रीमानलाई शारीरिक सम्बन्ध पनि बराबर तरिकाले राख्ने गरेकी छन् । पाँचै श्रीमानलाई उनले शारीरिक सम्बन्धमा सन्तुष्ट राखेका उनी बताउँछन् ।































प्रतिक्रिया