अझै छानिएन नागढुंगा सुरुङमार्ग निर्माण कम्पनी

अझै छानिएन नागढुंगा सुरुङमार्ग निर्माण कम्पनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सडक विभागले नागढुंगामा प्रस्तावित सुरुङमार्ग बनाउने निर्माण कम्पनी अझै छान्न सकेको छैन । विभिन्न ६ वटा कम्पनी यसका लागि छनौट चरणमा परेको ४ महिना बितिसक्दा समेत अहिलेसम्म छनोट हुन नसकेको हो ।

विभागले यसअघि निर्माण कम्पनी छनोट प्रक्रिया सन् २०१९ को जनवरीसम्म सम्पन्न गर्ने लक्ष्य तोकेको थियो ।

सुरुङमार्ग निर्माणका लागि कार्तिकमा ६ कम्पनीको आवेदन परेको थियो । १ जापानी र ५ चिनियाँ कम्पनीले उक्त कार्यका लागि अन्तिम १ कम्पनी छनौट गर्ने चरणमा परेको थियो । विभाग अन्तर्गतकै बैदेसिक महाशाखाले गएको २४ साउनमा ग्लोबल टेण्डर आह्वान गरेको थियो ।

त्यसताका विभागले ६० दिने सार्वजनिक सूचना जारी गरे पनि प्रस्ताव नपरेपछि १५ दिन समय थपेको थियो । सुरुङमार्ग निर्माण गर्ने बोलपत्र १५  नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए ।

यस सुरुङमार्ग निर्माणमा नेपाली कम्पनीले विदेशी कम्पनीसँग ज्वाइन्ट भेञ्चरमा आवेदन दिएको विभागका इन्जिनियर छविलाल पौडेलले बताउनुभयो ।

नेपाल समाचारपत्र

Logo