काठमाडौं
वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरू भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् ।
चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरूको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख बिदेसिएको छ ।
वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन् । त्यस्तै डाक्टर र नर्सहरूका लागि छुट्टै कोठा छन् । यसबाहेक भान्सा र बाथरुम छन् ।
पञ्चायतकालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो । ०४६ सालपछि भने यहाँ भर्ना भएर उपचार गर्न कुनै पनि भिभिआइपी पुगेका छैनन् ।
अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादव वेलावेला बहिरंग सेवा लिन वीर अस्पताल पुग्ने गरेका छन् । विशेषगरी उनीहरू दाँतको उपचारका लागि आउने गर्छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया