केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

फेसबुक बन्दको हल्लादेखि पूर्वमन्त्रीको महाप्रस्थानसम्म

फेसबुक बन्दको हल्लादेखि पूर्वमन्त्रीको महाप्रस्थानसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले आर्यघाटमा सलामी अर्पण गरेको थियो ।

शिवरात्रीमा पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ ट्राफिक व्यवस्थापन

शिवरात्रीलाई लक्षित गरी काठमाडौंमा सवारी साधनको रुट परिवर्तन गरिएको छ । पशुपतिको दर्शन गर्ने श्रद्धालु भक्तजनहरुलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सवारी साधनको रुट परिवर्तन गरेको हो । ट्राफिक प्रहरीले केही ठाउँमा डाइभर्सन र केही स्थानमा निषेध गरेको छ। माइक्रोबस तथा टेम्पोको लागि सुन्धाराबाट बौद्ध जोरपाटी पुग्न महेन्द्रशालिक, कृष्ण पाउरोटी, जयनेपाल, नक्साल, सानो गौचरन सिफल, लामपोखर र गणेशस्थान, चावहिल हुदैँ जोरपाटी जाने व्यवस्था मिलाएको छ।

‘सामाजिक सुरक्षा भत्ता’ देखि ‘आफ्नो गाउँ आफै बनाउँ’ सम्म (भिडियो रिपोर्ट)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भयो । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको राति ९ः३५ मा निधन भएको हो ।

के फेसबुक, ट्वीटर बन्द हुन लागेको हो ? सरकारले निकाल्यो यस्तो विज्ञप्ती

फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द नहुने सरकारले प्रष्ट पारेको छ । पछिल्लो समय सामाजिक सञ्जाल बन्द हुन लागेको भन्दै हल्ला फैलिएपछि सरकारले बन्द नहुने प्रष्ट पारेको हो । त्यस्ता हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ती जारी गरेको छ ।

पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध

पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् ।

सरकार कार्यमुखीभन्दा प्रचारमुखी: देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाएका हुन् ।

पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको टेकु दोभानमा अन्त्येष्टि

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । यति एयरलाईन्सका प्रबन्ध निर्देशक समेत रहेका शेर्पाको आईतबार टेकु दोभानमा अन्त्येष्टि गरिएको हो । हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी शेर्पासहित ७ जनाको ज्यान गएको थियो ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको कार्य सुरु

चितवनमा बन्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ को निर्माण कार्य सुरु भएको छ । चितवनको भरतपुर महानगरपालिका १५ स्थित सन्तपुरमा बन्न लागेको रंगशालाको निर्माण कार्य सुरु भएको हो । सुरुवातमा निर्माणस्थलको बाउण्ड्री लगाउने काम सुरु भएको छ । ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धुर्मुस-सुन्तली फाउण्डेशनले ३ अर्बको लागतमा रंगशाला बनाउन लागेको हो ।

पशुपतिक्षेत्रमा ६ हजार साधुसन्त : भोली शिवरात्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

गोली हानी युवकको हत्या

नेकपाले भरतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त गर्ने

भरतमोहनको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा

अझै तीन दिन देशभरकै मौसम बदली रहने

घटेको शेयरबजारमा कसले कमायो, कसले गुमायो ?

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

प्याराग्लाइडिङ दुर्घटनामा एक जनाकाे मृत्यु

देशभरका राहत र बाल विकास शिक्षकद्धारा काठमाडौं आन्दोलन

आफैंले बोकेको राइफलको गोलीले सैनिक जवानको मृत्यु

श्रीमतीलाई गोली प्रहार गरी फरार व्यक्ति पक्राउ

भेनेजुएलाको संकट समाधान गर्न अमेरिका र चीनको वार्ता !

अमेरिकामा टिकटकलाई ५७ करोड जरिवाना

चलचित्र ‘साइँली’ मा मेनुका र गौरवको गहिरो प्रेम (हेर्नुहोस् ट्रेलर)

एउटै पिङमा मच्चिए प्रदिप र जसिता

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo