आलिया भट्ट आफ्नै बुवासँग काम गर्न किन डराउँछिन ?

आलिया भट्ट आफ्नै बुवासँग काम गर्न किन डराउँछिन ?

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड क्युट अभिनेत्री आलिया भट्ट यति बेला निकै चर्चामा छिन् । आलिया चर्चामा आउनुको कारण अरु केही नभएर उनको फिल्म ‘गली ब्वाई’ हो ।

‘भ्यालेनटाइन डे’ मा रिलिज भएको फिल्म गली ब्वाईले बक्स अफिसमा आक्रमक व्यापार गरिसकेको छ । यस फिल्ममा अलियाको अभिनयलाई दर्शकहरुले खुबै रुचाएका छन् । गली व्वाई पछि आलिया कलंक, ब्रहमास्त्र र आफ्नै होम प्रोडक्सनमा बन्न लागेको फिल्म ‘सडक–२’ मा देखिने छिन् ।

सडक–२ मा पहिलो पटक आलिया आफ्नै बुवा महेश भट्टसँग काम गर्न लागेकी हुन् । भारतीय मिडियामा उल्लेख गरिएअनुसार आलिया बुबा महेश भट्टसँग काम गर्न निकै डराएकी छिन् । आलिया आफैले सो कुराको खुलाशा गरेकी हुन् ।

उनी भन्छिन्, ‘मलाई आफनै बुवा निर्देशित फिल्म ‘सडक–२’ मा काम गर्न डर लागि रहेको छ । अहिले बुवा लगातार मेरो काम हेरिरहनु भएको छ । मैले मेरो वरिपरि एउटा पर्खाल खडा गरेको छु, र मेरो बुवा त्यो पर्खाल नष्ट गर्ने प्रतिक्षामा हुनुहुन्छ । त्यसैले मलाई थोरै डर लागि रहेको छ । तर सडक–२ को सुटिङमा डरको साथसाथै मज्जा पनि उतिकै हुनेछ ।’

सडक–२ मा आलिया पहिलो पटक आफ्नो दिदि पूजा भट्टसँग एउटै स्क्रिन शेयरमा देखिने भएकी छिन् । साथै यस फिल्ममा आलिया र पूजासँगै आदित्य राय कपूर र सञ्जय दत्तको मुख्य भूमिका रहने बताइएको छ । सडक २ को सुटिङ सुरु यहि वर्ष देखि सुरु हुनेछ ।

Logo