काठमाडौं । काठमाडौंको कपनस्थित माउन्ट एभरेष्ट इंग्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अनेरास्ववियू त्रिवि राष्ट्रिय कमिटीका सहसचिव भुवन आचार्यको पहलमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शनिवार आयोजना गरिएको शिविरमा एक हजार भन्दा बढीको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी शिविरमा आचार्यको व्यक्तिगत पहलमा दश लाख रुपैयाँ बराबरको औषधिसमेत वितरण गरिएको थियो ।

शिविरको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उद्घाटन गरे । आचार्य राजनीतिसँगसँगै समाजसेवामा पनि सक्रिय छन् । १६ वर्षदेखि अखिलको कमिटीमा रहेका आचार्यले धेरै स्थानमा यस्ता शिविर आयोजना गरिसकेका छन् ।
दर्जनौं स्थानमा यस्ता शिविर आयोजना गरिसकेका छन् । गत महिना उनकै पहलमा रसुवाको गोसाइँकुण्डमा पनि स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।





























प्रतिक्रिया