घटनास्थल पुरै हिउँले ढाकेपछि शव उठाउन समस्या

घटनास्थल पुरै हिउँले ढाकेपछि शव उठाउन समस्या

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ मध्ये ३ जनाको शव भने अहिले बिहान घटनास्थलबाट उठाइने भएको छ ।

रातभर हिमपात र बर्षा भएका कारण घटनास्थलबाट शव उठाउन नसकिएको रातभरी घटनास्थलममै शव रुँघेर बसेका ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । गएराति मन्त्री अधिकारी सहित ४ वटा शव भने सुकेटार एयरपोर्ट ल्याइएको थियो । रातभरी हिमपात भएको र कुहिरो तथा पानीले आकास पूरै ढाकेकोले शव घटनास्थलबाट उठाउन अप्ठेरो परेको उनले जानकारी दिए ।

थापाका अनुसार ७ मध्ये पर्यटनमन्त्री अधिकारीको छाति भन्दा माथिको भाग भने आगोले नजलेकोले पहिचान गर्न सकिने तर अरु कसको शव हो भनेर पहिचान गर्न नसकिने उनले जानकारी दिए । सबै शवलाई सुकेटार एअरर्पोट ल्याएपछि काठमाडौँ पठाईने तयारी गरिएको छ ।

‘रातभरी पानी पर्यो, रातको साढे ११ बजे माथिल्लो फेदीबाट पानी र हिउँ ओताउने प्लास्टिक र केहि ड्राईफुड आयो, त्यहिँको सहारामा रातभर बिताइयो’रातभर घटनास्थलमा रुँघेर बसेका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनले भने‘ अहिले हुस्सुले समस्या पार्ला भनेको त्यो चिन्ता भने भएन, तर घटनास्थल पुरै हिउँले ढाकेको छ, कसरी बाहिर निस्कने चिन्ताले सताउन थालेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo