मृतकको पोस्टमार्टम आज गरिने : ताप्लेजुङ हेलिकप्टर दुर्घटना

मृतकको पोस्टमार्टम आज गरिने : ताप्लेजुङ हेलिकप्टर दुर्घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ताप्लेजुङमा बुधबार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको पोस्टमार्टम बिहीबार (आज) हुने भएको छ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रबीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । फरेन्सिक मेडिसिन बिभागका प्रोफेसर डा. हरिहर वस्तीले सबै शवहरुको पोस्टमार्टम बिहीबार हुने बताए ।

‘हामीले अबेर सम्म कुरेर बस्यौ । मौसमको खराबीका कारण उद्धार हुन सकेन,’ उनले भने, ‘त्यसैले सबै शवहरुको पोस्टमार्टम बिहीबार हुनेछ । नेपाली सेनाले चार वटा मात्रै शव सुकेटार विमानस्थल ल्याएको छ ।’ यद्यपी मौसम खराबका कारण ३ वटा शवहरु अझै घटनास्थलमै छन् ।

मौसममा सुधार भएमा आज सबै शवहरु काठमाडौं ल्याइने र पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाइने बताइएको छ । मन्त्री अधिकारीलाई राजकिय सम्मानका साथ अन्त्यस्टी गरिने र शोक मनाउन आज सार्वजनिक विदा दिइने बुधबार बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले निर्णय गरिसकेको छ ।

Logo