हेलिकप्टरमा दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइने भएको छ।
प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शवलाई सुकेटार एयरर्पोटबाट काठमाडौं पठाउने तयारी थालिएको जानकारी दिए। उद्धारका लागि एमआई सेभेन्टिनका २ तथा अन्य दुई साना हेलिकप्टर ताप्लेजुङमा रहेका छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१०, तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनामा परी पर्यटनन्त्री अधिकारी, उनका अंगरक्षक अर्जुन घिमिरे, एयर कम्पनीका प्रवन्धक आङ्छिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुवदास बेक्षीबिया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र चालक प्रभाकर केसीको निधन भएको हो ।
यसैबीच मन्त्री अधिकारीका आमाबुवा पनि राजधानी काठमाडौ आउँदै छन् । अधिकारीका बुबा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी पोखराबाट यति एयरलाइन्सको विमानबाट काठमाडौं आईरहेको छन् ।





























प्रतिक्रिया