काठमाडौं । हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको पुष्टि भएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका-१०, तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।
ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले दिएको जानकारी अनुसार घटनास्थलमा प्रहरी र स्थानीय पुगिसकेका छन्। त्यहा हेलिकप्टर र ५ जनाको शव जलिरहेको उनले जानकारी दिएका छन्। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। उनले सुकेटार टावरलाई ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए ।

तेह्रथुमको अठराई गाउँपालिकाको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी त्यसतर्फ गएका थिए । कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले घटनास्थलबाट ५ जनाको शव फेला परेको बताए ।
फोटो : एपी वन





























प्रतिक्रिया