काठमाडौं । नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द विप्लवका पूर्व अंगरक्षक सूर्य भुजेल रहेका छन् । नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।
गत शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परेर एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते छन् ।
आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने भुजेललाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनी नख्खु विष्फोटका वेला घटनास्थलमै उपस्थित रहेको पाईएको छ । लोत्सेचोकमा भएको विष्फोट पनि उनकै योजनामा भएको प्रहरीको दाबी छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एनसेल कार्यालयका २ जना सुरक्षा गार्डलाई पनि नियन्त्रणमा लिएको थियो । तर उनीहरुको संलग्नको ठोस प्रमाण नभेटिएपछि तारेखमा छाडिएको छ ।
घटनामा विप्लव समूहका २० जनाभन्दा बढी संलग्न भएको प्रहरी स्रोतको दाबी छ । उनीहरुको खोजी कार्य व्यापक रुपमा भईरहेको प्रहरीको भनाई छ ।





























प्रतिक्रिया