भूकम्पपीडितको झुटो विवरण पेश गर्नेलाई प्राधिकरणले कारवाही गर्ने

भूकम्पपीडितको झुटो विवरण पेश गर्नेलाई प्राधिकरणले कारवाही गर्ने

केन्द्रबिन्दु
0
Shares

दोलखा

झुटो विवरण पेश गरी अनुदान लिने भूकम्प पीडितलाई कार्वाहीको लागि विवरण संकलन कार्य सुरु भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

दोलखामा झुटो विवरण पेश गरी अनुदान लिने लाभग्राहीहरुको विवरण संकलन गर्न सबै स्थानिय तहलाई लिखित निर्देशन दिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाले जनाएको छ ।

व्यहोरा ढाँटी अनुदान रकम लिएका लाभग्राहीहरुको संख्या दोलखामा धेरै रहेको अनुमान गरिएपछि सो विवरण संकलन अभियानलाई तिब्रता दिएको व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय दोलखाका प्रमुख निर्मलदर्शन आचार्यले जानकारी दिए ।

उनले भने, ‘माघ २७ गते नै जिल्लाका ९ वटै स्थानीय तहलाई पहिलो पत्रचार गरि विवरण संकलन गर्न अनुरोध गरेका छौ ।’ आवास पुननिर्माण अनुदान वितरण कार्यविधि २०७३ विपरित व्यहोरा ढाँटी अनुदान रकम लिएर तोकिएको अवधिमा फर्ता नगरे सरकारी बाँकी सरह असुलउपर गर्न केन्द्रबाट निर्देशन प्राप्त भएअनुसार जिल्लामा पनि निर्देशन जारी गरिएको उनले बताए ।

प्रमुख आचार्यका अनुसार झुटो विवरण पेश गरी अनुदान लिने विरुद्ध आएको उजुरीमाथि जिल्ला प्रशासन कार्यालयले छानविन गर्नेछ । प्राधिकरणको निर्देशन लगत्तै जिल्लाको तामाकोशी गाउँपालिकाले पनि सबै वडालाई परिपत्र गर्दै झुटो विवरण पेश गरी अनुदान लिएका लाभग्राहीहरुको विवरण संकलन गर्न निर्देशन दिएको अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताए । ‘गाँउपालिकाका ७ वटै वडा कार्यालयलाई पत्राचार गर्दै विवरण उपलव्ध गराउन निर्देशन दिएको छ, पोखरेलले भने ।

दोलखामा झुटो विवरण पेश गरी अनुदान लिएको भन्दै १९ जनाविरुद्ध उजुरी परेको छ । दोलखा बाहेक अन्यत्र बसोबासयोग्य घर भएर पनि भूकम्पपीडितको अनुदान लिएको भन्दै जिल्लाको कालिञ्चोक गाउँपालिकाका १९ जना लाभग्राहीविरुद्ध उजुरी परेको हो ।
राजधानीबाट

Logo