सवारी दुर्घटनामा गम्भिर घाइते नेकपा सांसद ओलीको निधन

सवारी दुर्घटनामा गम्भिर घाइते नेकपा सांसद ओलीको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको आज बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारस्रोतले जानकारी दिएका छन् ।

प्रदेश सांसद ओली सवार जीप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । सांसद वली गत माघ २४ गते बुटवलमा प्रदेशसभा बैठक सकेर घर फर्कदैं गर्दा दाङमा सवारी दुर्घटनामा परेका थिए । उनको कारलाई बसले ठक्कर दिदाँ उनी गम्भीर घाइते भएका थिए ।

सांसद ओली नेकपाका तर्फबाट दाङ  क्षेत्र नं ३ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

Logo