देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय
सरकारले गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।
के मन्त्रिपरिषद् फेरबदल हुन लागेकै हो ?
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत फागुन ३ गते एक बर्ष पूरा गरेको छ । यतिबेला प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको काम कारवाहीहरुको समिक्षा भईरहेको छ । प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयहरुको कार्यप्रगतिको मुल्यांकन गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले सफ्टवेयर नै बनाएर मन्त्रीहरुको कार्य मुल्यांकन गर्दै आएका हुन् । तर, कतिपय मन्त्रीहरुले आफ्नो कार्ययोजना आफै कार्यान्वयन गर्न असक्षम भएका छन् । सोही मुल्यांकनमा अनुतिर्ण र विवादित मन्त्रीहरुका कारण सरकार नै सकसमा पर्न थालेपछि प्रधानमन्त्री सोचमग्न अवस्थामा छन् ।
समाजकल्याण परिषदका पदाधिकारी बर्खास्त, अख्तियारले छानविन गर्ने
सरकारले समाज कल्याण परिषद्का पदाधिकारीलाई बर्खास्त गरेको छ । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले समाज कल्याण परिषदका पदाधिकारीलाई बर्खास्त गरेको हो । मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न आज आयोजित बैठकमा सरकारका प्रवक्ता गोकुल बास्कोटाँले उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको जानकारी दिए ।
‘जिउँदो मान्छेलाई मर्यो’ भन्ने फेसबुकलाई किन नियमन नगर्ने ?
सामाजिक सञ्जालमाथि कडाई गर्ने विषयमा सरकारले आफ्नो धारणा बाहिर ल्याएको छ । सामाजिक सञ्जालले बढ्दै गईरहेको विभिन्न खाले घटनाप्रति प्रति लक्षित गर्दै सरकारले यसमा कडाई गर्न कानून नै बनाईरहेको छ ।
कुहिएको फर्सीसँग तुलनादेखि थला पारि दिने चेतावनीसम्म
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको निशानामा परेका दुई पक्ष हुन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र बुद्धिजीवी । प्रधानमन्त्री ओलीले बार्षिक उपलब्धी सार्वजनिक गर्न हालै देशवासीका नाममा गरिएको सम्बोधनमा पनि प्रतिपक्षीका नाममा चोतिलो व्यंग्यवाण समावेश गर्न भ्याए । देशकै अभिभावकको सम्बोधनमा जुन गम्भिरता र गहिराई हुनुपर्ने हो त्यसो हुन सकेन । प्रधानमन्त्रीको सम्बोधन हेर्दा चतुर नेताको चलाखीपूर्ण चुनावी भाषण जस्तो देखियो ।
सत्तापक्षी र प्रतिपक्षी दल एकअर्काको तारो बन्नु स्वभाविक नै मान्न सकिएला तर प्रधानमन्त्री ओलीले बुद्धिजीवीप्रति पटकपटक प्रहार गर्नुलाई भने रहस्यात्मकरुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीले अहिले मात्रै होईन पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बुद्धिजीवीहरुमाथि नियमित जसो तीर हान्दै आएका थिए ।
‘कागजपत्र’ मा नक्कली विवाहको कथा (भिडियोमा)
यस्तो भव्य पशुपतिनाथको गंगा आरती (भिडियोमा)
थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित
बालिका हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग
‘देश अनुसारको भेष’ भन्दै बाबुराम भट्टराईले पहिलो पटक लगाए दौरा सुरुवाल
विष खुवाएर नातिनी मारेको आरोपमा पक्राउ
सामसुङले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्टफोन
१ हजार ५३ सट्टा शिक्षकलाई अवकास, स्रोतव्यक्तिको काज फिर्ता
युवतीमाथि यौन दुव्र्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित
भारतमा जेलभित्रै एक पाकिस्तानी कैदीको ढुंगाले हानीहानी हत्या
अष्ट्रियाकी विदेशमन्त्री काठमाडौँमा
उत्तर कोरियासँगको बैठकप्रति ट्रम्प आशावादी
हट अभिनेत्री शिवानी
के प्रियंका चोपडा गर्भवती भएकी हुन् ?
दुवै हात गुमाएकी मेघालाई ‘लभ स्टेशन’ को सहयोग
‘तिमी र म’ गीतमा अनुप र सन्दिपाको रोमान्टिक मूड
नाटक रुपाकृः कृष्ण र रुपाको अमर प्रेम
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया