जीप दुर्घटनामा ४ जनाको मृत्यु, ८ जना घाइते

जीप दुर्घटनामा ४ जनाको मृत्यु, ८ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका वडाध्यक्ष विजय शर्माले जानकारी दिए । विद्यार्थी तथा अभिभावक बोकेको जीप जनकल्याण माविको वार्षिकोत्सव मनाएर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा करिब १५ जना यात्रु रहेका थिए । घाइतेको उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ ।

सडकदेखि करीब ७०० मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ । घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

Logo