पानीजहाज कार्यालयको पहिलो बिज्ञप्ति- ‘जानकारी चाहिए कार्यालय आउनु’

पानीजहाज कार्यालयको पहिलो बिज्ञप्ति- ‘जानकारी चाहिए कार्यालय आउनु’

केन्द्रबिन्दु
0
Shares

नेपाल पानीजहाज कार्यालयले आज एक बिज्ञप्ति जारी गर्दै कुनै जानकारी चाहिएमा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ।  पानीजहाज कार्यालय स्थापना भएपनि कर्मचारी नभएको समाचार आएपछि कार्यालयले विज्ञप्ति निकालेको हो ।

कार्यालयले सञ्चारमाध्यमहरुमा आएको समाचारको खण्डन गर्दै  फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले विधिवत रुपमा काम गर्दै आएको जनाएको छ ।

‘कार्यालय सम्बन्धि आवश्यक जानकारी चाहिएमा एकान्तकुनास्थित कार्यालयमा आई सम्पर्क गर्नु हुन् समेत जानकारीका लागि अनुरोध छ।’कार्यालयका निमिक्त रजिष्टार अमृतमणि रिमालले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ।

Skip This
Skip This
Logo