शुक्लाफाँटा अभियन्ताको विद्यालयलाई आर्थिक सहयोग

शुक्लाफाँटा अभियन्ताको विद्यालयलाई आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । हाम्रो शुक्लाफाँटा राम्रो शुक्लाफाँटाका अभियन्ता राजेन्द्र बहादुर चन्दले सरस्वती माध्यमिक विद्यालय परखेडीमा सरस्वती माताको मन्दिर बनाउन सहयोग गरेका छन् ।

विद्यालयको ४५ औं वार्षिकोत्सव समारोहमा अभियन्ता चन्दले नगद ५ हजार सहयोग गरेका हुन् । सहयोग रकम कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर सुनार मार्फत विद्यालयका प्रधानाध्यापक डबल बहादर विष्टलाई प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. १६ का युवा चन्द शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनमा लामो समयदेखि सक्रिय छन् । ‘मन्दिर बनाउन सहयोग पुगोस भनेर सानो सहयोग गरेको हुँ’ अभियन्ता चन्दले भने ।

शुक्लाफाँटाको पर्यटन प्रवद्र्धन बाहेक उनी स्थानीय स्तरका विकास निर्माण र समाजसेवा कार्यमा सधैं सहभागी हुने गरेका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य सुनारले युवा चन्दको प्रयासको प्रशंसा गर्दै समाजको जिम्मेवारी युवाको भएको बताए ।

Logo