धनगढी । कञ्चनपुरबाट बरामद गरिएको २३ किलो ६ सय ग्राम सुन राजश्व अनुसन्धान विभागमा पठाईएको छ । अब उक्त सुन प्रकरणको प्रधानमन्त्री कार्यालय मातहत रहेको अनुसन्धान विभागले गर्नेछ ।
सुनसहित संलग्न व्यक्तिबारे अनुसन्धानको लागि प्रहरीले शुक्रबार विभागको क्षेत्रीय कार्यालय कोहलपुरमा पठाइएको थियो । तर सो प्रकरणबारे अनुसन्धान कोहलपुरमा नगरी शनिबार काठमाडौं झिकाइएको हो ।
क्षेत्रीय अनुसन्धान प्रमुख विनोद कुमार दाहालले ठूलो केस भएकोले अनुसन्धान विभागको मुख्यालयमै पठाएको जानकारी दिए । क्षेत्रिय कार्यालयमा बुझ्ने काम मात्र भएको तथा सुनको पोको खोलेर पनि नहेरिएको उनको भनाई छ ।
सुनसहित प्रहरी जवान सुरज तिरुवा र उनका दाजु लक्ष्मण तिरुवालाई पनि काठमाडौं नै पठाईएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले सुरक्षाको कारण देखाउँदै मुख्यालयमा झिकाएको बताए ।





























प्रतिक्रिया