१२ एसपीको काज सरुवा, कञ्चनपुरमा फेरि नयाँ एसपी

१२ एसपीको काज सरुवा, कञ्चनपुरमा फेरि नयाँ एसपी

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरी प्रधान कार्यालयले कञ्चनपुरसहित १२ प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ ।

कञ्चनपुर प्रहरी प्रमुखमा दिनेश आचार्यलाई पठाइएको छ भने दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा काज सरुवा गरिएको छ । त्यस्तै मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरा गणमा सरुवा भएका छन् ।

यस्तै बागलुङमा कृष्णहरी शर्मा, योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् ।

केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् भने रौतहट प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र  दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउतलाई काज सरुवा गरिएको छ ।

Skip This
Skip This
Logo