नेपालको जलविद्युत र कृषिमा लगानी गर्न उत्तर कोरिया इच्छुक

नेपालको जलविद्युत र कृषिमा लगानी गर्न उत्तर कोरिया इच्छुक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा सभामुख महराले नेपाल र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्ध साढे ४ दशक पुगिसकेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताए । नयाँ राजदूतको रुपमा नेपाल आएका मनलाई स्वागत गर्दै सभामुख महराले नेपालका लागि कोरियाली राजदूतको रुपमा कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।

विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कुटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर किम जोङ उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ’, उनले भने, ‘आफ्नो लक्ष्यमा दृढ रहेर विश्व शान्तिका लागि थालिएको पहलकदमी सफल हुनेमा म विश्वस्त रहेको छु । विश्व शान्तिका लागि उत्तर कोरियाको पहल निकै प्रशंसनीय छ ।’

भेटमा राजदूत मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।कोरियाका केही शहर र नेपालका केही शहरहरु भगिनी शहरको रुपमा रहेको भन्दै राजदूत मनले नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरु लगानी गर्न इच्छुक रहेको समेत बताए ।

नागरिकबाट

Logo