सत्र किलो चरेस सहित एकजना पक्राउ

सत्र किलो चरेस सहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मुसिकोट

रुकुम पश्चिममा १७ किलो चरेससहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफीकोट गाउँपालिका–८ का ४८ वर्षीय जयराम खत्री रहेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार विहिबार राति सोही गाउँपालिकाको वडा नं ६ तल्लो बजारमा जाँचका क्रममा खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । नदुवाबाट आउँदै गरेको भे ३ प २८८० नंको मोटरसाइकलमा आएका दुई व्यक्तिलाई रोकी नियन्त्रण लिने क्रममा सेतोबोराभित्र लुकाएर राखिएको लागुऔषध चरेस फेला परेको प्रहरीले बताएको छ ।

पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि छ दिनको म्याद थप गरिएको बताइएको छ ।
रासस

Logo