माघ २३ गते देखि ऐतिहासिक महायज्ञ तथा आनन्द महोत्सव हुने (भिडियोमा)

माघ २३ गते देखि ऐतिहासिक महायज्ञ तथा आनन्द महोत्सव हुने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माघ २३ गतेदेखि विश्व शान्ति ऐतिहासिक राष्ट्रिय विराट महायज्ञ तथा आनन्द महोत्सव २०७५ हुने भएको छ । गोकर्णेश्वर नगरपालिका ४ मा आयोजना हुने महोत्सव फागुन ८ गते सम्म चल्नेछ ।

पण्डित रमेश प्रसाद सुवेदीकै सत्संकल्पमा नेपालको इतिहासमा प्रथम पटक विश्व शान्ति, समस्त जीवजीवात्माको कल्याणार्थको निम्ति आयोजना गरिने बताइएको छ ।

महोत्सवमा १८ महापुराण, १८ उपपुराण, श्रीदवाल्मीकीय रामायण महाभारत १८, ४ वेद, सहस्र चण्डी, अतीरुद्री पञ्चायन देवदेवी सहस्रनाम १०८ अखण्ड दीप प्रज्वलन साथै कोटीहोम विराट वैदिक महायज्ञ हुनेछ ।

धार्मिक महोत्सवमा २७१ जना ब्राहमणलाई निमन्त्रण गरिएको पण्डित रमेश प्रसाद सुवेदीले जानकारी दिए ।

Logo