कोलकातामा सिएचए हडतालका कारण नेपाली कार्गो ढुवानी ठप्प

कोलकातामा सिएचए हडतालका कारण नेपाली कार्गो ढुवानी ठप्प

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

अहिलेसम्म नेपाली आयातकर्ताको प्रतिनिधि भएर कोलकतामा काम गर्दै आएका ‘कार्गो ह्यान्डलिङ एजेन्ट’ (सिएचए) ले हडताल गर्दा विदेशबाट नेपालका लागि मालसामान बोकेर आएका पाँच सयभन्दा बढी कन्टेनर कोलकातामै अड्किएका छन् ।

तेस्रो मुलुकसँगको व्यापारमा नेपाल अब सिधै गन्तव्य हुने भएपछि आफ्नो भूमिका आवश्यक नपर्ने देखेर कोलकातामा रहेका सिएचएले हडताल गरेको आयातकर्ताको भनाइ छ । यता वीरगन्ज सुक्खा बन्दरगाहबाट फिर्ता गएका नौ वटा कन्टेनर रेक बन्दरगाह पुग्न सकेका छैनन् ।

कोलकाता भएर हुने नेपालको ढुवानी अहिले लगभग ठप्प छ । दुई देशबीच औपचारिक सहमति भए अनुसार आउँदो फागुन ३ देखि कोलकाताबाट ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’ (इसिटिएस) जडान गरी सिधै कन्टेनर रेलमा लोड गरेर नेपाल पठाउने व्यवस्था लागू हुँदैछ । यसले गर्दा भारतीय बन्दरगाहमा भन्सार प्रक्रिया र कागजी औपचारिकता हट्ने भएपछि सिएचएको भूमिका पनि हट्दैछ । ट्रान्सपोर्ट व्यवसायमा समेत संलग्न रहेका सिएचएले प्रतिक्रिया देखाउँदै झमेला खडा गरेको आयातकर्ता बताउँछन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले समस्या समाधानका लागि आफूहरुले कोलकातास्थित नेपाली महावाणिज्यदूतावास मार्फत पहल गरिरहेको बताए ।
नागरिकबाट

Logo