काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई आफ्नो अनसन फिर्ता लिन नागरिक अगुवाहरुले आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक समाजका अगुवाहरुले आमरण अनसन फिर्ता लिन डा. केसीलाई आग्रह गरेका हुन् ।
कार्कीसँगै पूर्वसभामुख दमननाथ ढुंगाना, भोजराज पोखरेल, सुरेन्द्र प्रसाद चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाई र रबिन्द्र सिंह बानियाँले अपील जारी गर्दै कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
आमरण अनसन अन्त्य गरी जारी राख्ने सत्याग्रहको अन्य स्वरुपमा हाम्रो ऐक्यवद्धता रहने जानकारी उनीहरुले अपीलमार्फत दिएका छन् । तर डा. केसीले अनसन तोड्न मानेका छैनन् ।
त्यस्तै पूर्वराष्ट्रपति डा. रावरण यादव, कांग्रेस सभापति शेरबहादुर देउवाले लगायतले पनि डा. केसीलाई अनसन तोड्न आग्रह गरेका थिए । डा. केसीलाई भेटेर स्वास्थ्य निकै जोखिममा रहेको भन्दै अनसन तोड्न आग्रह गरेका थिए ।
तर उनीहरुसँग पनि डा. केसीले कुनै पनि हालतमा आफुसँग गरिएको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने माग गरेका थिए । तर उनको माग सम्बोधन गरिएको भन्दै दुवै सदनबाट विधेयक बहुमतबाट पारित गरिएको छ ।






























प्रतिक्रिया