देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
फुटबल प्रतियोगिता हेर्न सरकारी बिदा !
सरकारी बिदाको बारेमा बहस भैरहंदा संखुवासभामा भने फुटबल प्रतियोगिताको फाइनल हेर्न भन्दै बिदा दिइएको छ।
पहिलो पटक ‘कोपिला प्रि स्कूल एक्स्पो २०१९’ हुँदै
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले ‘कोपिला प्रि स्कूल एक्स्पो – २०१९’ (मेला) गर्ने भएको छ । आउँदो चैत १ र २ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने यस मेलामा १ सय ५० भन्दा बढी स्टलहरु रहने छ । मेलामा मन्टेश्वरी र विद्यालयहरुका साथै बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न उत्पादन कम्पनीहरुले सहभागिता जनाउने छन् । दुई दिने यस मेलामा विभिन्न गोष्ठी, सेमिनार र वालवालिका सम्बन्धी रोचक खेलहरुको प्रतिस्पर्धा गरिने मेलाकी संयोजक स्मीता यादवले जानकारी दिईन् ।
क्यान्सर पीडित ६ वर्षीय बालकको मार्मिक अपिल
निमाको बारेमा केही जानकारी दिँदैं सेतिमायालाई मैले प्रश्न राखे, ‘कसरी र कहिलेबाट निमा विरामी पर्यो ?’सेतिमायाले सहजै उत्तर दिन थालिन् । प्रश्नको उत्तर पाईसकेपछि मैले दोस्रो प्रश्न राखे । त्यसको उत्तर पाउने क्रममा सेतिमाया बोल्नै सकिनन् । उनी बेस्सरी रुन थालिन् । मैले पनि आफ्नो मनलाई थाम्न सकिन् । मेरो आखाबाट आँशु नआए पनि मन भने रोईसकेको थियो ।
लक्की शेर्पाले दिईन् राजीनामा, वाङ्छुलाई नेपाल झिकाउन माग (बिज्ञप्तिसहित)
अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन्। बिहिबार स्वदेश फर्किएकी उनले लामो वक्तव्य जारी गरेर राजिनामा घोषणा गरेकी हुन् ।
आकस्मिक बाहेक देशभरका अस्पताल ठप्प
नेपाल चिकित्सक संघको आव्हानमा आजदेखि देशभरका अस्पतालहरु ठप्प गरिएको छ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन थालेका हुन्।
आशा लघुवितको आइपिओ खुल्यो
आशा लघुवित वित्तीय संस्था लिमिटेडले आजबाट आइपिओ खुला गरेको छ । आशा लघुवित्तले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ताको आईपीओ निष्कासन गरेको हो । आईपीओ छिटोमा २२ र ढिलोमा फागुन १९ गतेसम्म आवेदन खुला हुने कम्पनीले जनाएको छ।
डा. केसीसँगको सम्झौता सरकारले तोड्यो: प्रवक्ता शर्मा
त्रिवि शिक्षण अस्तालका डेढ दर्जन डाक्टर पक्राउ
जब नेविसंघले बेलुनमा कालो झण्डा झुण्ड्याएर सिंहदरबारमा उडायो
पूर्वयुवराज पारस शाह डिस्चार्ज
ल्होसार मनाउन सार्वजनिक बिदा
रहेनन् कलाकार बीएस राणा
प्रजातान्त्रिक राप्रपा र राष्ट्रवादी राप्रपा आज एक हुँदै
पाकेटमार गर्ने पाँच जना भारतीय महिला पक्राउ
जगदम्बाको जगशक्ति गोल्ड टिमएटी बजारमा
सुनको भाउ ६ वर्षयताकै उच्च
“आगो बालि दिने” गीत बजारमा (भिडियोसहित)
फ्राइडे फिल्म: गोपी, रणवीर र सय कडा दश
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया