नेपाल चिकित्सक संघको आव्हानमा आजदेखि देशभरका अस्पतालहरु ठप्प गरिएको छ।
डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन थालेका हुन्।
संघले देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थालाई आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ । संघको हिजो बसेको आकस्मिक बैठकले सरकारका कारण डाक्टर केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
अस्पतालहरु ठप्प भएपछि बिरामी मर्कामा परेका छन्। अस्पतालमै भर्ना भएर उपचार गराइरहेका र बिहानै अस्तालमा उपचारका लागि पुगेका बिरामी उपचार सेवाबाट बञ्चित भएका छन्।
यता राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघले भने नेपाल चिकित्सक संघको आन्दोलनमा कुनै समर्थन नरहेको जनाएको छ ।





























प्रतिक्रिया